आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार



काठमाडौं पुस ४ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन गरेको आग्रहलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले पुनः अस्वीकार गरेका छन् ।

शनिवार विहान दाहाल निवास खुमलटार पुगेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीको आग्रहलाई फेरि पनि कार्यकारी अध्यक्ष दाहालले अस्वीकार गरेका हुन् ।

आइतबार प्रस्तावित नेकपा स्थायी कमिटी बैठक पूर्व प्रधानमन्त्री ओलीले शनिवार विहानैदेखि राजनीतिक सक्रियता बढाएका हुन् । अध्यक्ष दाहालसँग झण्डै एक घण्टा छलफल गरेका प्रधानमन्त्री ओली खुमालटारबाट सिधै गृहमन्त्री रामवहादुर थापाको निवास पुल्चोक पुगेका थिए ।

गृहमन्त्री थापाको समर्थन जुटाउने उदेश्यले प्रधानमन्त्री ओली पुल्चोक पुगेका आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्