पहिलो टेष्टमा अष्ट्रेलियाद्वारा भारत ८ विकेटले पराजित



एजेन्सी पुस ४ ।

एडिलेटमा भएको पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

जितसंगै चार म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । पहिलो टेष्टमा लज्जास्पद पराजयसंगै भारत थप समस्यामा पर्ने देखिएको छ । नियमित कप्तान विराट कोहली पारिवारिक कारणले अब भारत फर्कनेछन् ।

एडिलेटमा तेस्रो दिन भारतका लागि बिर्सनलायक रह्यो । दोस्रो दिनको अन्तिमसम्म मजबुद देखिएको भारत तेस्रो दिन ९० मिनेटमै समेटियो । भारतले ९ विकेट गुमाएर मात्र ३६ रन बनायो । मोहमद शामी चोट बोक्दै मैदान छाडेका थिए ।

अष्ट्रेलियाले जितका लागि मात्र ९० रनको लक्ष्य पाएको थियो । घरेलु टोलीले मात्र दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो । स्टिव स्मिथ १ र जो बन्र्स ५१ रनमा अविविजत रहे । तेस्रो दिन भारतीय टिमले २७ रन बनाउन ८ विकेट गुमाएको थियो । अष्ट्रेलियाका जोश हेजलउडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए । चार घन्टाको अन्तरमा भारतीय टिमले एडिलेटमा खेल हारेको थियो ।

भारतीय टिमका कोहीपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । मयाङ्गा अग्रवालले सबैभन्दा बढी ९ रन बनाए । बिहारीले ८ रन बनाएको खेलमा चेतेश्वर पुजारा, आजिक्या रहाणे, रविचन्द्रन आश्विनले खातै खोल्न सकेनन् । कप्तान विराट ४ रनमा आउट भए ।

भारतले टेष्ट क्रिकेटको ईतिहासमा सबैभन्दा कम स्कोर बनायो । यसअघि उसले ४२ रनको न्युन स्कोरको खराब रेकर्ड बनाएको थियो । पहिलो ईनिङ्समा भारतीय टिमले २ सय ४४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले १ सय ९१ रन मात्र बनाउन सक्यो । शुक्रबार ५३ रनको अग्रता लिएको भारतीय टिमले तेस्रो दिनमै खेल अष्ट्रेलियालाई सुम्पिएको हो ।

प्रतिक्रिया दिनुहोस्