नयाँ नक्सा जारी गर्ने सन्दर्भमा ठूलो प्रलोभन र धाकधम्कीको सामना गर्नुपर्यो : मन्त्री अर्याल



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा जारी गर्ने सन्दर्भमा आफूले ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन्।

काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा शनिबार ललितपुरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफू प्रलोभनमा नभूलेको र धाकधम्कीले नडराएको बताएकी हुन् ।

विगतमा छुटेको नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु झेल्नुपरेको उल्लेख गर्दै उनले राष्ट्रका लागि त्यो निकै महत्वपूर्ण तथा ऐतिहासिक काम भएकाले आफू अठोटका साथ अगाडि बढेको र अद्यावधिक नक्सा जारी गर्न सफल भएको बताइन्।

‘नेपालको भूगोल समेटिएको नक्सा हामीसँग थिएन र यो बनाउनु निकै चुनौतीपूर्ण थियो। मन्त्री अर्यालले महिलाहरुमा क्षमता नै हुँदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताइन्।

सकारात्मक आलोचनाका लागि सधैँं तयार हुनुपर्ने भन्दै उनले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्