प्रधानमन्त्रीद्वारा संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस



काठमाडौ,पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकबाट संसद बिघटनको सिफारिस गरिएको श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले जानकारी दिए । यादवका अनुसार बैठक शुरु भए लगत्तै प्रधानमन्त्री ओलीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएका थिए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने अहिले बालुवाटारमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्