संसद् विघटन सिफारिस असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतन्त्रको अभ्यास : हितबहादुर तामाङ



काठमाडौं पुस ५ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले संसद् विघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतन्त्रको अभ्यास भएको टिप्पणी गरेका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्बाट संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय पश्च‍ात सामाजिक सञ्‍जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै सांसद तामाङ यसले नेपाली जनताको घोर अपमान गरेको बताए छन् । ‘सार्वभौमसत्ता सम्पन्न संसद्को विघटन गर्न सिफारिस गर्नु असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतन्त्रको अभ्यास हो । यस प्रवृत्तिले नेपाली जनताको घोर अपमान गरेको छ र मुलुकलाई अस्थिरतातर्फ धकलेको छ । सरकारको यस प्रकारको गैरसंवैधानिक कार्यको सर्वत्र भत्सर्ना गरौं’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्