प्रधानमन्त्री ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न कांग्रेसको आह्वान



काठमाडौं पुस ५ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न आह्वान गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसले संसद् विघटन गर्ने सरकारको सिफारिस संविधानको मर्म र भावना विपरीत भएको बताएको हो। प्रधानमन्त्रीको संसद विघटनको अस्त्र अधिनायकवादको अन्तिम प्रयत्नको रुपमा लिएको भन्दै कांग्रेसले उक्त अस्त्रलाई असफल पार्ने जनाएको छ।

कांग्रेसले भनेको छ, ‘चुनावको बेला स्थिरताको चर्को नारा दिएर पार्टीभित्रको द्वन्द्वको परिणाम मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ।’ असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई कांग्रेसले आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्