राजनीतिक संकटको असर शेयर बजारमा पनि देखियो, नेप्से झण्डै १ सय अंकले घट्यो



काठमाडौं पुस ५ ।

देशमा देखिएको राजनीतिक संकटको छाया शेयर बजारमा पनि देखिएको छ ।

आइतबार शेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको हो । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ ।

आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ ।

उच्च गिरावट भए पनि आइतबारको बजारमा यूनाईटेड आइडीआई मार्दी हाइड्रोपावर, माहुल सामुदायिक लघु वित्त, सनराईज फ्रष्ट म्युचल फण्ड, बेष्ट फाइनान्स र हिमालयन डिष्टीलरी लगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरे ।

सूर्योदय, नेरुडे र स्वलम्बन लघुवित्त, छ्याङ्दी र माथिल्लो तामाकोसी हाइड्रोपावरले लगानीकर्ताले भने बजारमा उच्च घाटा ब्याहोरे । सूर्योदय लघुवित्तको शेयरमा आइतबार नकारत्मक सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्