वामदेव गौतमले भने: ओलीको कदमले गणतन्त्रका मूल्यमान्यतालाई समाप्त पार्नेछ



काठमाडौं पुस ५ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् ।

संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्नु गलत र भत्र्सनायोग्य रहेको गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै बताएका हुन् ।

‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने छ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्