प्रचण्ड – नेपाल पक्षका ७ मन्त्रीले दिए सामुहिक राजीनामा



काठमाडौं पुस ५ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन। राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्।

सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरिएको छ।

“राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्