प्रधानमन्त्री ओलीलाई कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने नेकपाको निर्णय



काठमाडौं पुस ५ ।

नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

आइतवार धुमबाराहीमा बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालक्षीय बैठकले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो। अनुशासनको कारबाही कस्तो हुने र के हुने भन्नेबारे भने खुलाइएको छैन।

यता आज प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको बैठकमा छन्। उनले उक्त बैठकमा सुरक्षा निकायका प्रमुखलाई देशको पछिल्लो राजनीतिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिको सामना गर्न निर्देशन दिएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आज संसद विघटन गरेपछि उनीविरुद्ध एक हुन आइतवार नै नेकपा मुख्यालयमा स्थायी कमिटी बसेको थियो। त्यस्तै केन्द्रीय कमिटी बैठक पर्सि ७ गते बोलाइएको छ। उक्त बैठकमा यो प्रस्ताव लगिने एक स्थायी कमिटी सदस्यले जनाए।

स्थायी कमिटी बैठकमा ओलीपक्षीय नेताहरु भने उपस्थित भएका थिएनन्। आजै ७ जना मन्त्रीले पत्रकार सम्मलेन गरेर सामूहिक राजीनामा दिएका छन्।

नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु

१–ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक

२–प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त

३–सोमबार १ बजे संसदीय दलको बैठक, ३ बजे स्थायी कमिटी बैठक

४–पूर्वसभामुख कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा मनोनयन

प्रतिक्रिया दिनुहोस्