जे भयो जनादेशका लागि निर्णय भयो: प्रधानमन्त्री ओली



काठमाडौँ, पुष ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन आकस्मिक जस्तो भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको स्वार्थका कारण उत्पन्न घटना भएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा विघटनको भोलिपल्ट आज सोमबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सत्तास्वार्थका कारण उत्पन्न घटनाको उपज भएको बताएका हुन ।

अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप लगाए ।

नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्