सत्तापक्षकै साथीहरु प्रतिपक्षभन्दा बढी आक्रामक र षड्यन्त्रमा लागे: प्रधानमन्त्री ओली



काठमाडौं,पुष ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षकै आफ्ना साथीहरु प्रतिपक्षभन्दा बढी आक्रामक र षड्यन्त्रका गतिविधिहरुमा लागेको बताएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावको सामना गर्न समेत चुनौती दिएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले प्रचण्ड र नेपालतर्फ संकेत गर्दै प्रधानमन्त्री बन्न व्यग्र भएकाहरुले चुनावको सामना गर्न चुनौती दिएका हुन् ।

कतिपय नेताहरुले पार्टीले बहुमत ल्याउँदा यो केपी ओलीका कारणले होइन भने, ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, चुनाव उहाँहरुको क्षमता मापनको पनि अवसर छ । प्रचण्ड र माधव नेपालको नाम उल्लेख नगरेपनि उनले पटक पटक दुवै नेताको अभिव्यक्ति समेत उल्लेख गरेर आलोचना गरे । उनले भने,‘ प्रधानमन्त्री बन्न व्यग्र रहनुभएकालाई पनि ताजा जनादेशमा जाने अवसर आएको छ ।’

सरकारविरुद्ध घेराबन्दी गरेको भन्दै देश र विदेशमा गएर अस्थिरता फैलाउने कार्य गरेको आरोप लगाए । प्रचण्डको नाम उल्लेख नगरी विदेशमा पुगेर अस्थिरता फैलाउने कार्य गरेको आरोप लगााएका थिए ।

प्रतिक्रिया दिनुहोस्