थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु



काठमाडौं पुस ६ । नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा विभिन्न प्रयोगशाला गरिएको परीक्षणका क्रममा ७ सय ४२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

सोही अवधिमा १ हजार ७९ जनामा संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ४ हजार ७ स ४३ जना पुगेका छन् । हाल सक्रिय संक्रमितको संख्या भने ७ हजार ९ सय ७६ छन् ।

क्वारेन्टाइनमा रहनेको संख्या ४ सय २१ रहेको छ । हालसम्म पीसीआर परीक्षण १८ लाख ७७ हजार १ सय ८१ रहेको छ ।

२४ घण्टाको अवधिमा ७ जनाको मृत्यु भएको छ भने हालसम्म १ हजार ७ सय ९५ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्