ओलीले संसद विघटन गर्नु संविधानमाथि आक्रमण : तीन दल



काठमाडौं पुस ६ । प्रमुख ३ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधानमाथि आक्रमण भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसको आह्वानमा सानेपामा सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीसहितको बैठकले संसद् विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस विरुद्ध तीन संयुक्त भएर प्रतिवाद गर्न समेत सहमत भएको श्रेष्ठले बताए ।

तीनवटै पार्टीको मंगलबार केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकको म्यान्डेडसहित पुन: छलफल गरेर ठोस रुपमा अगाडि बढ्ने उनको भनाइ थियो । ‘असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा कसरी एकताबद्ध भएर अगाडि बढ्ने भन्ने सन्दर्भमा तीन पार्टीका केन्द्रीय कमिटीहरुका बैठकपछि आपसी छलफल गरेर अगाडि बढ्ने छौं, यो संविधानमाथिको आक्रमण हो । एकताबद्ध भएर अगाडि बढ्छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्