डा. केसीले भने,‘ओली र प्रचण्डको मिलन हुनु नै अन्त हुनु हो’



काठमाडौं पुस ६ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताएका छन् । उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेको बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र त्यसपछि गृहयुद्ध हुन्छ ।’ ओलीको कदम असंवैधानिक भए पनि विगतमा बामदेव गौतम प्रकरणमा अदालतले उनको पक्षमा गरेको फैसलाअनुसार बढेमा संसद बिघटनलाई सदर गर्ने विश्लेषण गरे ।

देशमा लोकतन्त्र नभई लुटतन्त्र मच्चिइरहेको तर्क गरे । अहिलेको विकसित घटनाक्रमले देशलाई सिध्याउन चाहनेलाई फाइदा पुगेको बताए । उनले भने,‘देशमा गम्भीर संकट बढ्दैछ, जनता तत्काल जाग्नुपर्छ र यी नेताहरुलाई दण्डित गर्नुपर्छ ।’ देश सिक्किमिकरणतर्फ बढेको भन्दै देश नै रहने हो होइन भन्ने अवस्था सृजना भएको बताए । डा. केसीले भने,‘अब यो देश रहने छैन, रह्यो भने पनि धान्न सक्नेछैनौं ।’ नेताहरुले यो खतराको बेवास्ता गरेको बताए ।

डा. सुरेन्द्र केसीले देशमा अहिलेको नेताहरु असफल भइसकेकाले नयाँ विचार र नयाँ अनुहार आउनुपर्ने बताए । ओली र प्रचण्डको मिलन हुनु नै अन्त हुनु हो भने । केसीले भने,‘अब नेकपा एक हुनै सक्दैन ।’ देशमा ओली र प्रचण्ड दुवैले पार्टी हाँक्न खोज्दा संकट आएको बताए ।

प्रधानमन्त्रीको सिफारिसलाई अदालतले कसरी हेर्छ ? बामदेवको पक्षमा फैसला गरेको स्मरण गराउँदै अदालतले यही शैलीमा बढे सिफारिसलाई सदर गर्ने बताए । प्रधानमन्त्रीको सिफारिस बदरभागी छ भन्दै बामदेवको प्रकरण हेर्दा बदरभागी नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्