सबै पैसा लिएर मात्रै गाउँ फर्कन्छौ: उखु किसान



काठमाडौ,पुष ७ । उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरुले बक्यौता भुक्तानी सुरु गरेका छन् ।

अघिल्लो आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलनरत किसानमा बक्यौता पाउने आशा बढे पनि उनीहरु सबै रकम नपाएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

‘सरकार र उद्योगीबाट धेरै पटक धोका खायौं । अहिले थोरैथोरै गरेर भुक्तानी गरिरहेका छन्,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राउले भने ‘तर शान्तिपूर्ण आन्दोलन यथावत छ । भुक्तानी सबै पाएपछि मात्र घर फर्किन्छौं ।’

समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्