आज नेकपाका दुई समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक



काठमाडौं पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मंगलबार छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएका उनीहरुले मंगलबार केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएरका हुन् ।

दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । प्रधानमन्त्री ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।

ओली पक्षको बैठक बिहान र प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसोका लागि बोलाइएको छ ।

असंवैधानिक तबरबाट ओलीले संसद् विघटन गरेको भन्दै नेकपा फुटको संघारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्