नेकपा अध्यक्ष ओलीले बोलाएको बैठकमा गौतम र बादल अनुपस्थित



काठमाडौँ पुस ७ । नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित भएका छन् ।

पार्टी विभाजनको मुखमा पुगेका बेला ओलीको आह्वानमा बालुवाटारमा जारी कैन्द्रीय कमिटी बैठकमा गौतम र थापा नगएका हुन् । यसअघि ओलीको पक्षमा उभिने संकेत देखिएका दुवै नेता मंगलबारको बैठकमा नगएका हुन् । आजै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले बोलाएको केन्द्रीय समिति बैठकमा जाने/नजाने विषयमा अड्कलबाजी हुन थालेको छ ।

बैठकमा उपस्थित नभएका गौतम र थापा आफ्नो निवासमा रहेको बुझिएको छ । बालुवाटार बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने एक नेताले बताए । बैठकले केन्द्रीय कमिटीमा नयाँ सदस्य पनि मनोनयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्