नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई



काठमाडौं पुस ७ । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ ।

ओलीले मंगलबार बसाएको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकबाट ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको नेता सूर्य थापाले जानकारी दिए । आजको बैठकमा ओलीले विद्यमान ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले रिक्त रहेका १९६ जना पछि थपिने बताए ।

प्रतिक्रिया दिनुहोस्