कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक हुँदैनन् : माधव नेपाल



काठमाडौं पुस ७ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक नहुने बताएका छन् ।

बबरमहलमा जारी आफू पक्षधर केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने ‘पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ ।’

नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए। यसअघि आजै ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक र निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनबारे जानकारी गराएको थियो ।

नेता नेपालले लामो संघर्षपछि मात्र सचिवालय बैठक बस्न सम्भव भएको बताउदै अध्यक्ष ओलीबाट आफूहरु पटक–पटक अपमानित हुनपरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्