थप ७२२ जनामा कोरोना संक्रमण पुष्टी, ९ सय ६६ जना डिस्चार्ज



काठमाडौं पुस ७ ।

पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन्। नयाँ संक्रमित हुनेमा ३१० महिला र ४१२ पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ।

७ हजार स्वाबको पीसीआर परीक्षण गराउँदा ७२२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार ९६६ जना डिस्चार्ज भएका छन्।

योसहित कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या रहेको छ।

प्रतिक्रिया दिनुहोस्