अन्ततःफुट्यो नेकपा, औपचारिक घोषणा मात्र बाकी



काठमाडौं, पुस ८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ । तर दुवै पक्षले पार्टी विभाजनको औपचारिक घोषणा भने गर्न सकेका छैनन् । दुवै पक्षको गतिविधिका कारण पार्टी स्पष्ट रूपमा विभाजन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको र बबरमहलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्यो । दुवै समूहले आफ्नो समूहलाई आधिकारिक नेकपा बताउँदै एकले अर्काको आलोचना एवं विरोध गर्नुका साथै विभिन्न निर्णय गरेका छन् । सोमबार एकै दिन ओली र दाहाल–नेपाल समूहले संसदीय दलको बैठक गरेका थिए ।

ओली र दाहाल–नेपाल समूह दुई समूहमा विभाजित भएसँगै नेकपाका नेताहरू पनि दुई समूहमा विभाजित भएका छन् । यद्यपि केही नेता अझै पनि कुनै समूहमा सहभागी नभई तटस्थ रहेका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्