९ सयले घट्यो सुनको मूल्य



काठमाडौं पुस ८ । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला रुपैयाँ ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रुपैयाँ ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रुपैयाँ ९०० ले आज ओरालो लागी रुपैयाँ ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रुपैयाँ ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रुपैयाँ ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रुपैयाँ ५० ले घटेको छ ।

प्रतितोला रुपैयाँ एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रुपैयाँ एक हजार २६५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्