त्रिशूली नदीमा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह
नुवाकोट,असोज ९ । नुवाकोटमा त्रिशूली नदीको जलसतह सतर्कता तह पार गरेको छ। असोज ९ गते दिउँसो १२ः४० बजे धुन्चे जलमापन केन्द्रमा नदीको जलसतह सतर्कता तह पार गरेको र अझै बढ्न सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जलसतह बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सडकबाट यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको अवस्था निरन्तर निगरानीमा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्।

