पूर्वी नवलपरासीमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु



नवलपुर पुस ८ । पूर्वी नवलपरासीमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भइसकेको छैन ।

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कंदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्