नुवाकोटको पञ्‍चकन्यामा करार सेवामा ४ कर्मचारी माग



नुवाकोट पुस ८ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा करार सेवाका लागि ४ जना कर्मचारी माग भएको छ ।

मंगलबार प्रकाशित सूचनाअनुसार पाँचौं तहमा सुपरीवेक्षक १ जना र चौंथो तहमा ३ जना गणक आवश्यक रहेको छ । गरिब परिवार पहिचान तथा परिचय पत्र वितरणका निम्ति करार सेवामा पदपूर्ति गर्न लागिएको पञ्‍चकन्या गाउँपालिकाका प्रशासकीय अधिकृत नरेश पुडासैनीले जारी सूचनामा उल्लेख छ ।

आवश्यक कागजातसहित एक हप्ता भित्र अर्थात् पुस १४ गतेसम्ममा दरखास्त दिने समेत आह्वान गरिएको छ । दरखास्त गाउँपालिकाको कार्यालय घलेभन्ञ्ज्याङ वा [email protected] मा पठाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्