प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक सुनुवाइ, सबै निवेदन संवैधानिक इजलासमा



काठमाडौं पुस ८ । प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । सर्वोच्च अदालतका अनुसार अब सम्भवत: शुक्रबार बस्ने संवैधानिक इजलासमा सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरे पनि ‘अन्तरिम आदेश’ दिने सम्भावना नै अन्त्य भएको होइन । शुक्रबार संवैधानिक इजलासमा निवेदकहरु र सरकारी पक्षको बहस सुनुवाइ गरेर पनि अन्तरिम आदेश दिने सम्भावना भने बाँकी नै छ ।

प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा विघटन गराएपछि त्यस विरुद्ध एक दर्जन रिट परेको छ ।

प्रतिक्रिया दिनुहोस्