माधव नेपालद्वारा प्रचण्डलाई संसदीय दलको नेता प्रस्ताव



काठमाडौं पुस ८ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा जारी प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा नेपालले प्रचण्डलाई दलको नेताका रुपमा प्रस्ताव गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै नेपालले गल्ती र कमजोरी स्वीकार गर्दै, पार्टी र देशविरुद्ध गरेको घातप्रति आत्माआलोचना गरे केपीलाई गरिएको कारबाही फिर्ता लिन सकिने बताए ।

उनले पार्टी एकताको पक्षमा सक्रियताका साथ लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह समेत गरे । यस्तै नेपालले राष्ट्रपतिले गरेको असंवैधानिक कार्यको विरोध गर्न पनि आग्रह गरेका छन् ।
पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि रुलाई पार्टी एकताको पक्षमा उभिन पनि उनले जोड दिए ।

यस्तै केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा बस्न अयोग्य रहेकाले नयाँ प्रक्रियामा जान लागेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्