नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन



काठमाडौं पुस ८ ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त समूहको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेता चुनेको सांसद दीपकप्रकाश भट्टले जानकारी दिए।

दाहाललाई नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए। नेपाल हिजो मंगलबारमात्रै नयाँ अध्यक्ष चुनिएका थिए।

हिजो बसेको नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाई नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्