नेकपा प्रचण्ड–नेपाल समूह बहुमत सदस्यको हस्ताक्षर सहित निर्वाचन आयोगमा



काठमाडौं पुस ८ ।

नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् ।

नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोगमा पुगेर पार्टीको निर्णय र हस्ताक्षर बुझाएका हुन् ।

उनीहरुले निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरुको हुने बताएका हुन् ।नेता पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताए ।

प्रतिक्रिया दिनुहोस्