कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने



काठमाडौं पुस ८ ।

नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ ।

मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

चुनाव अथवा आन्दोलनमा जानेबारे कांग्रेसमा फरकफरक धारणा रहेको भन्ने समाचार आए पनि त्यस्तो नरहेको भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले भने, “कांग्रेसभित्र आन्दोलनमा जाने र चुनावमा जानुपर्छ भन्ने दुई धार रहेको भन्ने समाचार सञ्चारमाध्यममा आयो । तर त्यो सही होइन, कांग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्छ ।”

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्