कैलाली जिल्लाका स्थानीय तहमा आर्थिक अनियमितता भएको कांग्रेसको आरोप



कैलाली पुस ८ ।

नेपाली कांग्रेस कैलालीले जिल्लाका १३ वटा स्थानीय तहमा सञ्चालित ११६ वटा योजनामा आर्थिक अनियमितता भएको ठहर गरेको छ।

गत आर्थिक वर्ष २०७६र७७ मा कार्यान्वयन भएका संघीय, प्रदेश र स्थानीय तहको योजनामा अनियमितता भएको नेपाली कांग्रेस कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरेर जनाएको हो।

सो आर्थिक वर्षमा जिल्लामा संघीय, प्रदेश र स्थानीय तहमा विकास निर्माणको ३९६ योजनाको अनुगमन गर्दा ११६ वटा योजनामा अनियमितता भएको नेपाली कांग्रेस कैलालीले बताएको छ।
कैलालीका १३ स्थानीय तहमध्ये धनगढी उप–महानगरपालिकासहित चार स्थानीय तहमा नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ भने अन्यमा नेकपाले नेतृत्व गरेका छन्।

प्रतिक्रिया दिनुहोस्