जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल टोकन प्रणाली सुरु



नुवाकोट पुस ९ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल टोकन प्रणाली जडान गरिएको छ । टोकन प्रणाली जडान गर्न एनआईसी एसिया बैंकले Public Private Partnership अन्तर्गत सहयोग गरेको कार्यालयले जानकारी दिएको छ । उनले बिहीबारदेखि टोकन प्रणालीमार्फत सेवा वितरण गर्न सुरु गरिएको बताए । टोकन बिहान ९:४५ बजेबाट वितरण हुनेछ ।

हाललाई कार्यालयमा उच्च चाप हुने नागरिकता शाखा (CITIZENSHIP), राहदानी शाखा (PASSPORT) र राष्ट्रिय परिचयपत्र शाखाका कामका लागि (NATIONAL ID) ट्याबमार्फत टोकन वितरण गरेर पालो व्यवस्थापन गरिएको छ । कार्यालयको मुख्य प्रवेशद्वार नजिकैको प्रशासकीय अधिकृतको कार्यकक्ष कोठा नं १०१ को बाहिरपट्टि टोकन लिएर सेवाग्राहीहरूले आवाजमार्फत आफ्नो टोकन नं को पालो आएपछि सम्बन्धित शाखामा सम्पर्क राख्न सक्नेछन् ।

सेवाग्राहीले निम्न शाखाका लागि निम्न काउण्टर नं ख्याल गर्नुपर्नेछ।
काउण्टर नं ३:- नागरिकता शाखा कोठा नं १०३
काउण्टर नं ४:- राहदानी शाखा कोठा नं १०४
काउण्टर नं १०:- राष्ट्रिय परिचयपत्र शाखा कोठा नं ११०

टोकन लिने र सेवा लिने क्रममा सेवाग्राही निम्न कुरामा सचेत रहनुपर्नेछ ।
आफ्नो काम परेको शाखाको मात्र टोकन लिने ।
‌टोकन लिएपछि आफ्नो काम परेको शाखाको काउण्टर नं र आफ्नो टोकन नं ख्याल गर्ने।
सेवा लिन लाइन वा भीडभाडमा नबसी कार्यालय परिसरमा सेवाग्राही प्रतिक्षालयमा शान्तिपूर्वक बस्ने, केहि कागजात वा फोटोकपी गर्न बाँकी भए पूरा गर्ने।
‌आफ्नो पालो आएपछि सक्कल र नक्कल पूरा कागजात सहित सम्बन्धित व्यक्तिमात्र सम्बन्धित शाखामा सम्पर्क राख्ने।
‌टोकन दिएर सेवा लिने।
प्राप्त गरेको कागजातआदि रुजु गरी व्यहोरा ठीक भएको एकिन गरी सेवा लिने। केहि त्रुटी भएमा तुरुन्त सोही शाखामा सम्पर्क गर्ने।
टोकन प्रणाली मार्फत सेवा प्रवाह भएपछि सेवा प्रवाहको पद्दति अझ विकसित भएको हुनेछ।
सेवाग्राहीमा कोरोना वा यस्तै संक्रमणको जोखिम कम हुन जानेछ।
सेवा प्रवाह थप अनुशासित व्यवहारका रूपमा विकसित हुनेछ।
सेवा प्रवाह गर्ने क्रममा भीडभाड र होहल्लामा नियन्त्रण हुँदा सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष सम्पर्क हुने, त्रुटीमा कमी आउने र सेवाको प्रभावकारिता वृद्दि हुनेछ।
प्रविधिको प्रयोगले सेवाप्रवाहमा विश्वासनियता अभाव गर्नेछ।

प्रतिक्रिया दिनुहोस्