कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने



काठमाडौं पुस ९ ।

नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। साथै कांग्रेसले यही पुस १६ गते देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोध जनाएको छ। कांग्रेस बैठक मंगलबारदेखि जारी छ।

प्रतिक्रिया दिनुहोस्