प्रतिनिधिसभा बैठक बोलाउन सभामुखसँग जसपाको आग्रह



काठमाडौं पुस ९ ।

जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरुले प्रतिनिधि सभाको बैठक सुचारु गर्न पहलका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

जसपाका शीर्ष नेताहरुले बिहीबार प्रतिनिधि सभाका सभामुख सापकोटालाई भेटरे तत्कालै हिउँदे अधिवेशन बोलाउन आग्रह गरिएको जसपाले जनाएको छ ।

पार्टीका केन्द्रीय कार्य कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार पार्टीले दुई दिनअघि सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको ठहर पार्टीले ठहर गरेको थियो ।

सदस्य अधिकारीका अनुसार त्यसै अनुरुप प्रतिनिधि सभा बैठक आह्वान गर्न सभामुखलाई आग्रह गरिएको हो । सभामुख सापकोटासँग जसपाका संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता लक्ष्मणलाल कर्णले सिंहदरबारमा भेट गरेका हुन् ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको र वर्तमान संविधानअनुसार प्रतिनिधि सभाको जीवितै रहेको उल्लेख गर्दै जसपाका नेताहरुले सक्दो चाँडो प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न आग्रह गरेको जसपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्