ओली समूहमा लागेका बादलले भने: नेकपाबाट एउटा गुट अलग भएको छ



काठमाडौं पुस ९ ।

नेकपा ओली समूहमा लागेका रामबहादुर थापा बादलले नेकपा पार्टी फुटेको नभई एउटा गुटमात्र अलग भएको बताएका छन् ।

बालुवाटारमा जारी प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई बिहीबार संबोधन गर्दै उनले भने, नेकपाबाट एउटा गुट अलग भएको छ । प्रतिक्रियावादीहरूले उसमा खुसी र उत्सव मनाइरहे पनि जनता दुखित भएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको दाबी गर्दै गृहमन्त्रीसमेत रहेका थापाले, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ।

प्रचण्ड, नेपाल दुश्‍मनको जालमा परेको भन्दै क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित रहेको आरोप लगाए । भने, उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।

पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने भन्दै कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रियहितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहेका नेतृत्वलाई साथ लिन आफू उपस्थित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्