ओली पतनको बाटो हिँडेकाले कम्युनिस्ट आन्दोलन नै सिध्याउछन् कि भन्ने चिन्ता लाग्छ : नेता नेपाल



काठमाडौं पुस १० ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, सङ्घीयतालगायतका राजनीतिक परिवर्तन विरोधी भएको उनले बताए ।

ओली कम्युनिस्ट विचार, आचरणबाट विचलित भएको र पतनको बाटोमा हिँडेको भन्दै कम्युनिस्ट आन्दोलन नै सिध्याउछन् कि भन्दै उनले चिन्ता व्यक्त गरे । ओलीमा गणतन्त्र, सङ्घीयताप्रति माया, मोह,ममता,अपनत्व,नभएको रकुनै पनि समस्याको सहज अवतरण नचाहने नेपालको भनाइ रहेकोछ ।

उनले अध्यक्ष प्रचण्डसँग कम्युनिस्ट आन्दोलन, विचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताए । आगामी दिनमा आपसी विश्वास राख्दै विगतका कमी कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफूहरूको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पत्ति आफूहरूको हुने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्