कांग्रेस केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित



काठमाडौं पुस १० ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ ।

१३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो।

प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्