ओखलढुंगाका बन्द विद्यालय सबै खुले



ओखलढुंगा,पुष ११ । जिल्लाका विद्यालय नौं महिनापछि सञ्चालनमा आएका छन् । कारोना महामारीका कारण गत चैतबाट बन्द गरिएका जिल्लाका सबै विद्यालय सञ्चालनमा आएका हुन् ।

सरकारले सहज सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा आएको हो । लामो समयदेखि बन्द रहेका जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय मंसीर २५ देखि सञ्चालनमा आएका हुन् भने विद्यार्थीको संख्या हेरेर स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्