सुनको भाउमा सामान्य वृद्धि



काठमाडौ,पुष ११ । शनिबार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ। शनिबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने शनिबार बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार नेपाली बजारमा चाँदीको भाउ स्थिर रहेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्