पार्टी एकताको पक्षमा वामदेवको अडान



काठमाडौ,पुष ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू संसद विघटनको विपक्षमै रहेको बताएका छन् ।

शनिवार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा उपाध्यक्ष गौतमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका हुन ।

खुमलटारमा भएको भेटवार्तामा संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा उपाध्यक्ष गौमले जसरी भए पनि पार्टी एकतालाई कायम राख्नुपर्ने आफ्नो अडान प्रष्ट पारेका थिए । संसद विघटनपछि गौतम तटस्थ रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्