हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको मोटरसाइकल र्‍याली



काठमाडौं पुस ११ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो । राप्रपाको यो र्याली बबहरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्ग सम्म पुगेको थियो ।

र्यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्