प्रधानमन्त्रीको गल्तीले राजनीतिक जीवन जोखिममा राखेर गरेको एकता सफल भएन : हरिबोल गजुरेल



नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले राजनीतिक जीवनमा ठूलो जोखिम लिएर एकताको प्रयास गरे पनि सफल नभएको बताएका छन् ।

उनले शनिबार काठमाडौँमा पत्रकार भेटघाट गरि पछिल्लो राजनीतिक घटनाक्रमले चिन्ता थपिएको बताए । अहिले मुलुकलाई जटिलता तर्फ धकल्ने प्रयास भएको उनको भनाइ रहेको छ।

उनले कसैले आफूलाई मन्त्री खान बालुवाटारमा गयो भन्ने र बालुवाटारले बबरमहल आयो भन्ने भ्रम सिर्जना गरिएको बताए । उनले भने, ‘अहिलेसम्म म कतै आएको पनि होइन, कतै गएको पनि होइन। म समान दूरीमा बसेर एकताको प्रयास गरेँ ।’ तर नचाहेरै दुर्घटना भएको उनले बताए ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरेको निचोड निकालेको बताए। बालुवाटारबाट अफर आए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा आफूले इमानमात्रै हेरेर अघि बढिरहेको बताए । महत्वाकांक्षा नहुनु नै आफ्नो कमजोरी रहेको पनि बताएका छन्।

प्रचण्डलाई सहज बनाउनका लागि केही दिन नबोलेको पनि उनले बताएका छन् । आफूले उठाएका मुद्दा लैजान भनेर गरेको आग्रह प्रचण्ड र स्थायी कमिटि सदस्यले सुनुवाइ नगरेको बताए। गजुरेल र प्रचण्डबिच शनिबार निर्णायक वार्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्