नेकपाको पुनः एकता हुने सम्भावना छ : नेपाल



काठमाडौं पुस ११ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टी फेरि एक भएर जान सकिने बताएका छन् ।

नेतृत्व विवादले नेकपा पार्टी विभाजित अवस्थामा रहेको बेला अध्यक्ष नेपालले पार्टी फेरि एक भएर अगाडि बढ्नेसक्ने बताएका हुन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए फेरि सहकार्य हुनसक्ने धारणा व्यक्त गरे। अध्यक्ष नेपालले नेकपामा अहिले भइरहेको विवाद पदको लागि नभइ विधि, पद्धति र वैचारिक रहेको पनि प्रष्ट पारे ।

नेता नेपालले ओलीबाट आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदको प्रस्ताव आएको तर अस्वीकार गरेको रहस्य समेत खुलासा गरे। अध्यक्ष नेपालले नेता तथा कार्यकर्तालाई विचलित नभई मूलधारमै रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्