ट्रकको ठक्करबाट गुल्मीमा दुईको मृत्यु



गुल्मी,पुष १२ । जिल्लामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ मसिनाखोला निवासी २३ बर्षिय बालकृष्ण भुजेल र सोही ठाउँका २६ बर्षिय टोप बहादुर रजाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी केदारनाथ पन्तले जनाए ।

गएराती बुटबलबाट तम्घास आउदैँ गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका १३ को मसिनाखोलामा उनीहरुलाई ठक्कर दिएको थियो ।

ट्रक चालक गुल्मीदरबार गाउँपालिका ६ का २८ बर्षिया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्