प्रधानमन्त्रीको निर्देशनमा प्रचण्ड, नेपाल र खनाल माथी गुप्तचरको उच्च निगरानी



काठमाडौं पुस १२ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च निगरानी सुरु गरेको छ ।

नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा गुप्चरले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको हो । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्न निर्देशन दिएका बताइएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले सोझै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ । सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई तीनजना नेताहरुको निवास वरपर खटाइएको बताइएको छ । यस्तै प्रधानमन्त्रीको ओलीका गतिविधि नचुहाउनसमेत अन्य सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

प्रधानमन्त्रीका धेरैजसो भेटघाट पछिल्लो समय गोप्य राखिने गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् । ओली र दाहाल–नेपाल समूह एक–अर्काप्रति आक्रामक बन्दै आएका छन् । संसद् विघटनको विषय अदालतमा प्रवेश गरेको छ । दुवै समूहले देशभर कार्यकर्ता भेलालगायत गतिविधिअगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्