ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनायो : नेता खनाल



काठमाडौं पुस १४ ।

नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् ।

काठमाडौैंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जनमतको दुत्कार गरेको आरोप लगाए। ओलीको कदमविरुद्ध संघर्षको दुन्दुभी बजेको उनले उद्घोष गरे।

प्रधानमन्त्री भएर बालुवाटार पसेपछि ओलीले पार्टी बिर्सिएको खनालले बताए। पार्टीको कुरै नसुनी ओलीले जबर्जस्ती नीति तथा कार्यक्रम र बजेट ल्याएको र गफै गरेर तीन वर्ष बिताएको आरोप खनालले लगाए।

प्रतिक्रिया दिनुहोस्