विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने



काठमाडौं पुस १४ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ ।

हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग मिलेर सडकमा उत्रन लागेको हो । संसद विघटनलाई गैरसंवैधानिक कदमको संज्ञा दिँदै चार पार्टीले मोर्चाबन्दी गर्न लागेका हुन् । ती सबै पूर्वमाओवादीबाट चोइटिएका समूह हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले वैदेशिक शक्तिको आड भरोसा र इशारामा संसद् विघटन गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्