भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न : माधव नेपाल



काठमाडौं पुस १४ ।

नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सुधार गर्न नेकपाका नेता लागि परेको बताएका छन् ।

पार्टीभित्र जति गल्ती गरेपनि अहिलेसम्म कारबाही नगरेको बताउँदै नेता नेपालले अब उनलाई सुधार गर्न केही नेता लागेको बताए । ओलीले पश्चाताप गरे माफी दिने बताउँदै उनले फकाउन सक्ने व्यक्तिलाई ‘स्वाब्बास’ भन्ने बताए ।

प्रधानमन्त्री ओली व्यक्तिवादी सोच, गुटगत राजनीतिमा लागेको बताउँदै उनी सुध्रने सम्भावना कम भएको बताए । उनले भने, ‘हामी ओलीलाई फकाउन लागेका छौँ । सकेसम्म प्रयास गछौँ । भएन भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न ।’

प्रतिक्रिया दिनुहोस्