ओली आज पनि बयलगाडामै हुनुहुन्छ : प्रचण्ड



काठमाडौं पुस १४।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कहिल्यै स्वीकार नगरेको बताए ।

सरकारले गरेको संसद विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै दाहालले ओलीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता स्वीकार गरिदिएको जस्तो मात्र गरेको आरोप लगाए ।

उनले भने, ‘ओली धर्मनिरपेक्षता विरोधी, संघियता विरोधी, गणतन्त्र विरोधी हो भन्ने थाहा थियो तर उहाँले संघीय लोकतान्त्रीक गणतन्त्र मान्छु भनेपछि हामीले विश्वास गर्यौँ ।

आजको घटनाक्रममले ओली बयलगाडामै हुनुहुन्छ भन्ने देखाउँछ । उहाँ प्रतिगमनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो तर हामीले उहाँलाई सच्चिए होला भन्ने ठान्यौँ र गल्ती गर्यौँ ।

प्रतिक्रिया दिनुहोस्